सर्लाहीः हरिपुर्वा नगरपालिका–८ बस्तपुरमा बच्चाहरुबीच झै–झगडा भएको विषयलाई लिएर अभिभाबकबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय ५२ वर्षीय खोधदी अन्सरी सहित परिवारका ५ जनाले ४३ वर्षीया सैदुल खातुनलाई कुटपिट गर्दा उनको सोमबार मृत्यु भएको हो । खातुनलाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका खातुनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारको लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, वैशाख १६, १४:१६