कञ्चनपुरः कञ्चनपुरमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमा ६० वर्षीया पार्वती बादीको कुटपिट गरी हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका–३ सुकुमबासी टोल बस्ने ३० वर्षीय पप्पु बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको स्थानीय पुनर्वास पोलिक्लिनिक हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले कुटपिट गर्ने पप्पुलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, १६:५५