बाराः आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान्लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका–१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई पक्राउ गरेको हो ।

सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७, १९:१०