दाङः बंगलाचुली गाउँपालिका–२ पाखापानीमा कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा उनकै छोरा पक्राउ परेका छन् ।

४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण वीर बहादुरले कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसाल्दा बालारामको घटनास्थलमै मुत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, २०:०७