पर्साः कुटपिट गरी श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पचरुखा बस्ने २७ वर्षीय देवा महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नै श्रीमती २३ वर्षीया ललिता देवीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा महतोलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

महतोले एक महिना अगाडि कुटपिट गर्दा घाइते भएकी ललिताको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो ।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, पुस १७, १६:२३