सुनसरीः कुटपिट गरी श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ सहिद मार्ग बस्ने ४३ वर्षीय काजिमान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आफ्नी श्रीमती ३६ वर्षीया रमिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा काजिमानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, पुस १०, १३:१९