भक्तपुरः कुमारी बैंक लि. मध्यपुर थिमि शाखाले भक्तपुरका पत्रकारहरुलाई प्रेस ज्याकेट तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

कोरोना महामारीको अन्त्य भई नसकेको भन्दै पत्रकारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी कुमारी बैंकको सहयोगमा नेपाल प्रेस युनियन भक्तपुरले आज प्रेस ज्याकेट तथा सुरक्षा सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कोरानाका महामारी अझै बल्झिन सक्ने भन्दै पत्रकारलाई स्वास्थ सुरक्षा सामग्री तथा प्रेस ज्याकेट वितरण गरेर बैंकले सामाजिक उत्तरदायीत्व निर्वाह गरेको बताए ।

कार्यक्रममा बाग्मती प्रदेश सभाका सांसद कृष्णलाल भडेलले राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारको सुरक्षाका लागि सरकार र संघसस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका पूर्व अध्यक्ष एंव नेपाल प्रेस युनियन भक्तपुरका सल्लाहकार नारायण सुन्दर किलम्वुले कोरोनाको महामारीको दोस्रो लहरले छिमेकी मुलुक भारतमा आक्रान्त पारेका भन्दै नेपालमा पनि दोस्रो लहर आउन सक्ने प्रति सबै सजग हुनु पर्ने बताए ।

कार्यक्रममा कुमारी बैंकका बाग्मती प्रदेश प्रमुख प्रविन झा र नेपाल प्रेस युुनियक भक्तपुरका अध्यक्ष रोशन सिल्पकारले आफनो धारणा राखेका थिए ।


प्रकाशित मितिः २०७७ साल चैत १० गते मंगलबार, १७:५४