भक्तपुरः कुवेतबाट नेपाल आएका भक्तपुरका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको बताएको थियो ।

कुवेतबाट नेपाल आएका चाँगुनारायण नगरपालिका–४ घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनी कुवेतबाट नेपाल आएर भक्तपुरको थिमिस्थित सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित पुरुषलाई आजै पाटन अस्पतालमा लगिएको कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १८:०४