काठमाडौंः प्रतिनिधिसभा सदस्य भीम राउवलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल-भारतको सम्बन्धमा नयाँ उचाई थपेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले नेपाल र भारतबीचको सम्बन्धमा थप उचाई थपेको बताएका हुन्।

मोदीको भ्रमणले पर्यटकीय हिसाबले पनि निक्कै फाइदा जनाक भएको र मोदीको भ्रमणले दुई देशको बीचमा समाज हैसियतले नयाँ सम्बन्ध अघि बढ्ने विश्वास ब्यक्त गरे।

सांसद राउवलले जनकपुरलाई भारतमा फर्काउनुपर्छ भन्दै भारतीय जनता पार्टीका विद्यायक कृति आजादले दिएको वक्तव्यको भत्र्सना गरे। उनले भने,‘नेपाल र भारतको सम्बन्ध समानताको आधारमा अघि बढाउनुपर्ने बताइरहेको बेला कृति आजाद भन्ने ब्यक्तिले जुन वक्तव्य दिए।


। त्यो निन्दनीय छ।

यसको पूर्वदेखि पश्चिमसम्मका जनताले भत्साना गरेका छन्। यो उनले फिर्ता लिनुपर्छ। नेपालमाथिको प्रहार सच्याइनुपर्छ।’ यस्तै, मोदीको भ्रमणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। नेपालीबीचमा मतभेद भए पनि विदेशी पाहुनका सामू नेपालको संविधानमाथि औँला ठड्याउन कामले सह्य नभएको बताए। यसले देशको स्वाभिमानमा आघात पुर्‍याएको बताए आगामी दिनमा यी कुरा सच्याइनुपर्ने बताए।

यस्तै, नेपालको झन्डासमेत उचित प्रकारले व्यवस्थापन गर्न नसकेको भन्दै उनले आपत्ति जनाए। उनले भने,‘जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको जनताले तीनवटै संविधानबाट औचित्य पुष्टि गरेका छन्। आफ्नो मर्यादा भुलेर देशको जिम्मेवार व्यक्तिले यसको गर्न हुँदैन। आगामी दिनमा यस्तो नहोस्।’