कृषि मन्त्री चक्रपाणि खनालले तरकारी बजारमा बिचौलियाको बिगबिगि रहेको भन्दै समयमै सुधार नभए बजार नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल तारासँगै टेलिफोनमा कुरा गर्दै उनका स्वकिए सचिव दीपक चुँदालि मार्फत कालिमाटी तरकारी बाजार भित्र विचौलिया मार्फत चलिरहेको सिन्डिकेट समय मै बन्द नभए, ग्रेडिंग सिस्टम लागू नभए र बजार भित्रको सरसफाई लगायत कुराहरु व्यवस्थित नभएको अवस्थामा बजार बन्द गर्ने हामीलाई बताए छन् ।

खनालले गत जेठ २१ गते पत्रकार सहितको टोली लिएर कालीमाटी तरकारी बजारको अनुगमन गरेका थिए । अनुगमन पश्चात प्रति स्टल ८ देखि १० हजार समितिलाई बुझाएर त्यहीँ स्टलबाट बिचौलियाहरुले डेढ देखि दुई लाख सम्म रकम उठाउँदै आएको बताएका थिए ।


अनुगमनकै क्रममा खनालले त्यहाँका व्यापारीहरु संग भाडादर सम्बन्धीमा केहि प्रश्न गरेका थिए । त्यसक्रममा मन्त्रीलाई कसैले चित्त बुझ्दो जवाफ नदिए पछि मन्त्रीले अहिले चलिरहेको सिण्डिकेट तोड्ने संकेत समेत गरेका थिए । मन्त्रीले अनुगमनका क्रममा भनेका थिए,’पहिले-पहिले अनुगमन हुन्थ्यो, मन्त्री आएर घुमेर जाने गर्नुहुन्थ्यो तर अब त्यो स्थिति रहँदैन यसलाई परिणाममुखी बनाएर नै छाड्ने हो ।’ उनले सोहि अनुसार नै अहिले व्यापारीहरुलाई मौका दिएको समेत बताएका छन् ।

यसै क्रममा हामीले त्यहाँका केहि व्यापारीहरुलाई पनि यस निर्णयको बारे के भन्नु हुन्छ भनेर सोधेका थियौं । केहि व्यापारीहरुले नाम नबताउने सर्तमा हामीलाई भने, ‘मन्त्रीले बोलेको कुरा कार्यान्वयन भयो भने धेरै राम्रो हुने थियो, हामीले यही ठाउँलाइ अहिले करिब बिस देखि पच्चीस हजार तिर्दै आएका छौं यो ठाउँ तिन भागको एक भाग हो रे ।’ बिचौलियालाई बताउँदै उनीहरुले भने ,’हामीहरुले यसरी बुझाएको पैसा वापत उहाँहरुले समितिलाई दश हजार मात्र बुझाउनु हुन्छ भन्ने पनि सुनेका थियौ, हो की होइन हामीलाई थाहा भएन।’

यसै क्रममा केहि व्यापारीहरुले भने कार्यन्वयन गर्ने कुरा सम्भब नहुने बताएका छन् । उनीहरुले भने ,’यसरी बारम्बार अनुगमन भए पनि हामीले बिचलियासँग भाडामा नै लिएर चलाउनु पर्ने अवस्था छ । सिन्डीकेट तोडिन सजिलो छ जस्तो लाग्दैन यदि तोडिई हाल्यो भने पनि यो अवस्थामा नै हामीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्यो ।’ सिन्डीकेट तोडियो भए आफूहरुले खुलेर स्वागत गर्ने पनि उनीहरुले बताएका छन् ।