काठमाडौँ: तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय वृत सिँहदरबारमा राखिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई पक्रन अदालतले अनुमति दिएको थियो।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (असोज १२ गते) महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ । जाहेरी आएपछी प्रहरीले पीडित शाहीको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दा को प्रक्रिया अगाडी बढाएको थियो।


। बलात्कार जस्तो गम्भीर आरोप लागेपछि पार्टीको निर्देशन बमोजिम महराले गत सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।

संसद् सचिवालयमा कार्यरत एक महिलाले गएको सोमवार महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। उनले प्रहरीलाई खवर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

तर मङ्गलवार ती महिलाले त्यस्तो घटना नभएको भनेको भिडिओ सार्वजनिक भएको थियो।


प्रकाशित मितिः असोज १९, आइतवार, १७:५३