काठमाडौंः नेपालको पुर्वी भेगमा प्रचलित मौलिकतामा एउटा नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ ।

‘लेकैमा फुल्ने’ बोलको उक्त गीत कृष्ण ढकालको संगीत तथा स्वरमा रेकर्ड भएको हो भने गोविन्द लुईंटेलको शब्द र रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ ।

ढकाल ब्रोदर नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा बिशाल सेनेहाङ र करिस्मा क्षेत्रीको रोमान्स देख्न सकिन्छ ।

मेघराज मग्रातीको छायांकन, ड्रोन र सम्पादन समेत रहेको भिडियोको निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ८ सोमबार, १९:२४