काठमाडौंः नयाँ बर्ष ०७८ को अबसरमा चैत्र २७ मा प्रदर्शन हुन लागेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ ।

युट्युव च्यानल साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको ट्रेलरमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र, झा, नवीन रेग्मी, भावना गुरुङलगायतका फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोहअबरोह, रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केबल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता छन् ।


दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप प्रदर्शन गर्न लागिएको ‘कृष्ण–लीला’ ले कोरोनाका कारण ठप्प रहेको फिल्मी बजारलाई तताउने आश गरिएको छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्रीको द्वन्द्व निर्देशन रहेको फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रबिन्द्र, नवीन, भावनाका साथमा हिउँवाला गौतम, बालकलाकार आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यले अभिनय गरेका छन् ।

ट्रेलर हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत ७ गते शनिबार, ०७:५१