काठमाडौंः अभिनेत्री केकी अधिकारीद्वारा अभिनित म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

गायिका दुर्गा खरेलको स्वर रहेको ‘तिमीलाई भनेर म’ गीतमा अभिनय गरेकी अभिनेत्री अधिकारीको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।

गीतको म्यूजिक भिडियोमा केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।

संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि अर्जुन कै रहेको छ ।

म्यूजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन, नवराज उप्रेतीले छायांकन र भरत रेग्मीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, असोज १७, १२:५५