काठमाडौंः गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ लिएर प्रस्तुत हुनु भएकी छिन् । निडर, दृढ, र समर्पितहरुको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ ।

भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोर्नु भएको अर्थपूर्ण शव्दहरु र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाएकी हुन् । धेरैवटा चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।


प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौलबाट टाढिय पछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्द रचना सहित ‘सुनसान मन’ लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन् । कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुह सँग आवद्ध भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय थिए ।

काठमाडौं, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायांकन रामेश्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १५:१६