भरतपुरः पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानहरुको केरा काटेको आरोपमा पक्राउ परेका ५ जनालाई जेल चलान भएका छन् ।

गत वैशाख १७ गते राति १२ जना किसानहरुको करिब तीनहजार एक सय केराका घरी काटेको अभियोगमा पक्राउ परेका ५ जना जेल चलान भएका हुन् ।

केरा काटेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर–६ का अर्जुन गहतराज, कालिका–१ का मनीषबहादुर गुरुङ, कालिका–३ का सुजन लोप्चन, कालिका–३ कै गोपाल परियार र कालिका–५ का उमेश माझीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध सार्वजनिक कसुर तथा सजाय ऐनअन्तर्गत्को मुद्दा दर्ता गरी अनुसन्धान गरेको र फैसलाका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा पठाइएकामा जनही २ लाख २५ हजार रुपैयाँ धरौटी माग भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।


माग गरेबमोजिम धरौटी रकम बुझाउन नसक्दा % जना जेल चलान भएका हुन् ।