काठमाडौंः मोजा, काखी र सास गन्हाउने व्यक्तिगत समस्या हुन्। तैपनि यो समस्याले अरुलाई अप्ठ्यारो पार्छन्। मोजा गन्हाएमा धोएर, सफा गरेर वा जुत्ता नै बदलेर समाधान गर्न सकिन्छ। तर, सास गन्हाउँछ भन्दैमा मुख नखोली बस्न सकिँदैन।

सास गन्हाउने समस्याले आफूसँग हिँडडुल र उठबस गर्ने साथीसंगीलाई हैरान पार्नुका साथै स्वयं व्यक्ति पनि हीनभावनाले ग्रसित हुनसक्छ।

सास गन्हाउने अवस्था आफैंमा रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएको रोगहरूको लक्षण वा औषधी प्रयोगको असर हुनसक्छ।

बिहान उठ्नासाथ, भोको र ब्रत बसेको अवस्थामा, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तैः चिया, कफी, मकै, प्याज, लसुन।


। रक्सी, बोसो, भुटेको खाना आदिले सामान्य अवस्थामा पनि सास गन्हाउँछ।

नक्कली दाँत लगाएर सुतेमा, नाकको सट्टा मुखबाट सास फेरेमा, नमिलेका कृत्रिम दाँत लगाएमा, भोको वा ब्रत बसेको बेलामा पनि साधारण अवस्थामा पनि सास गन्हाउँछ।

यसो गर्नुहोस्

  • खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।
  • तपाईंले सुकमेललाई सास गनाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
  • खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।
  • धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।
  • ल्वाङलाई सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ ।
  • प्राकृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।

प्रकाशित मितिः शुक्रबार, फागुन ३०, १२:३०