भक्तपुरः भक्तपुर अस्पतालमा उपचाररत कैलालीकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–४ की २८ वर्षीय महिलाको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ भई कार्तिक ३ गते उनी अस्पतालमा उपचारको लागि भर्ना भएकी थिइन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १४:२१