कैलालीः घोडाघोडी नगरपालिका–१ सुख्खडमा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

सुख्खडस्थित करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान र इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ८ लाख ९३ हजार ५० रुपैयाँ, मोबाइल ७ थान र तास १ गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १९:३७