कैलालीः धनगढी उपमहानरगपालिका–३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित रतन केसीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, भदौ ९, २०७७, १६:०९