कैलालीः गोदावरी नगरपालिका–८ जग्दाहामा आज बिहान गुडीरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–७ का २४ वर्षीय गोविन्द चौधरी रहेका छन् ।
से १ त ४३०३ नम्बरको ट्याक्टरबाट खसेर चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार रहेकाले खोजि भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहिबार, १९:३७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook