धनगढीः कैलालीमा साढे १२ करोड रुपैयाँको लगानीमा ग्यास उद्योग स्थापना भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१ बिजौरमा स्थानीय पाँचजनाको संयुक्त लगानीमा शैपाल प्रालि नामक ग्यास उद्योग स्थापना भएको हो । २ सय मेट्रिक टन क्षमताका दुईओटा ग्यास बुलेट जडान गरी असारभित्रै शैपाल ब्राण्डका ग्यास बजारमा ल्याउने कम्पनीले जनाएको छ ।

शैपाल ग्यास प्रदेश–७ को दोस्रो ग्यास उद्योग हो । आठओटा फिलिङ मेशिनसहित सञ्चालनको तयारीमा रहेको यो उद्योग प्रतिघण्टा ५ सय सिलिण्डरमा ग्यास भर्न सकिने व्यवस्था रहेको बताइएको छ ।

५, ६ र ७ नम्बर प्रदेशलाई लक्षित गरी स्थापना गरिएको उक्त उद्योगले ३० हजार सिलिण्डर तत्काल माग गरेको छ ।


। अबको ६/७ महीनाभित्रै १ लाख सिलिण्डर माग गर्ने उद्योगले जानकारी दिएको छ ।