कैलालीः गौरीगंगा नगरपालिका–६ बनभेडामा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का २७ वर्षीय भुवन चन्द रहेको प्रहरीले जनाएको छ ।

से ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ना १ क ८८०३ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सेती ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ११:५५