कैलालीः घोडाघोडी नगरपालिका–१० मा आज ट्याक्टरको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कैलालीको घोडाघोडी नगरपालिका–११ बस्ने १३ वर्षीय बिशाल बलामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरकिा अनुसार आज बिहान साढे १० बजे से १ त ४९२६ नम्बरको ट्याक्टरले साइकलमा सवार किशोरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

 


प्रकाशित मितिः बुधबार, पुस २, १५:५१