कैलालीः घोडाघोडी नगरपालिका–१ मा आज बिहान ११ बजे ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ कै सुखड बजार बस्ने ३३ वर्षीय सुरेश लामिछाने रहेका छन् ।

लामिछाने सवार से ७ प १७६३ नम्बरको मोटरसाइकललाई आज बिहान ११ बजे से १ त ५०८४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

दुबै सवारी साधन सहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १६:१८