कैलालीः गोदावरी नगरपालिका–९ धनचौरीमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय किसन भट्टराईको डेढ वर्षीय छोरा आरबको मृत्यु भएको हो ।

आफ्नै घरको आगनमा पार्किङ गर्ने क्रममा बालकलाई से १ त ३८१२ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।

ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ११:११