कैलालीः धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा शनिबार राति ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय नबिन बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भन्सारदेखि चौराहातर्फ जाँदै गरेको ना ५ ख २९२७ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका बोगटीको उपचारको क्रममा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ०८:४९