कैलालीः धनगढी उपमहानगरपालिका–१३ श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिष्ट लगायत १३ जनालाई नगद २ लाख ३५ हजार १ सय ५० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १४:०९