कैलालीः धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक डडेलधुरा रिमझिम होटलमा तास खेलिरहेको अवस्थामा उक्त होटलका संचालक भागेश्वर गाउँपालिका घर भएका ३५ वर्षीय पदम नाथ लगायत ७ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।

सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ४८ हजार ९ सय ५० रुपैयाँ, ४ बुक तास र ९ थान मोबाईल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, १५:५४