कैलालीः कैलारी गाउँपालिका–५ पवेरा बजारमा आइतबार राति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

से ३ प २२५२ नम्बरको मोटरसाइकल र से ३ प ७४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा २२५२ नम्बरको मोटरसाइकलका चालक कैलालीकै भजनी नगरपालिका–८ का २५ वर्षीय सुमन चौधरीको मृत्यु भएको हो ।

उनको धनगढी स्थित सेती प्रादशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा पछाडी चढेका व्यक्ति र ७४५१ नम्बरको मोटरसाइकलका चालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १०:१८