कैलालीः बर्दगोरिया गाउँपालिका–४ निमाबोजीमा बुधबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेका कैलालीकै लम्कीचुहा नगरपालिका–९ दुर्गौलीकी ३५ वर्षीया भागरथी रेग्मी रहेकी छिन् ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश–०१–००१ ख २३०९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको से १ ब ९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी उनको उपचारको क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालकको भने घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।


दुवै सवारी साधन सहित बस चालकलाई इलाका प्रहरी कार्यालय सडकपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १०:४२