कैलालीः प्रहरीले कैलालीमा ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ झुङ्गा टोल बस्ने ४६ वर्षीय राम बहादुर चौधरी रहेका छन् ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १८:०६