धनगढीः कैलाली भ्रमण वर्ष २०७५ को शुभारम्भ भएको छ ।
पर्यटकीय क्षेत्रको संरक्षण, सम्वर्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको आधार’ भन्ने मूल नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ को शुभारम्भ भएको हो ।
भ्रमण वर्षको प्रदेश नम्बरको ७ को प्रबेशद्वार चिसापानीमा रक्षामन्त्री ईश्वर पोखरेलले कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन गरेका छन् ।
जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको भ्रमण बर्षको उदघाटन कार्यक्रममा सहभागी हुन् पर्यटन मन्त्री रबिन्द्र अधिकारी, एमाले उपाध्यक्ष भिम रावल, सात नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट लगायत पर्यटनकर्मिहरु र स्थानियहरु चिसापानी पुगेका छन्
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook