काठमाडौं: कैलाशविकास बैंकको नयाँ शाखा गुल्मी जिल्ला सत्यवती गाउँपालिकाको रुद्रवेणीमा खोलेको छ ।

बिहिबार एक समारोहकाबीच उक्त शाखाबाट कारोबार आरम्भ प्रारम्भ गरिएको छ ।

उद्घाटन समारोहमा गांउपालिकाका अध्यक्ष, पारेश्वर ढकाल बिशिष्ठ आतिथी, वडाअध्यक्षहरु, सुरक्षानिकायका प्रमुखहरु, तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु तथा स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थितिरहेको थियो ।

यस नयाँशाखा सहित बैंकको शाखा संख्या ५३ पुगेकाछन् भने एटीएम संख्या २५ पुगेकाछन् । बैंकले निकट भविष्यमा ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग, रुपन्देहीजिल्लाको भलवारी, धनुषाजिल्लाको जनकपुर, नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा थप शाखाहरु संचालनगर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।