काठमाडौंः शुभकामना टोल सुधार समिति कोटेश्वरले कोरोना भाइरस (कोभिड–१९) का कारण कठिनाइमा परेका दैनिक ज्यालादारी गरी गुजारा चलाउँदै आएका मजदुर र विपन्न गरी ७५ परिवारलाई राहत वितरण गरेको छ ।

समितिले महानगरीय प्रहरी प्रभाग कोटेश्वरको रोहवरमा आज ७५ परिवारलाई राहत वितरण गरिएको समितिका अध्यक्ष भगवान गिरीले जानकारी दिएका छन् ।

वितरण गरिएको खाद्य राहत सामाग्रीमा ५ केजी चामल, २ केजी चिउरा, एक लिटर तेल, एक केजी नुन, २ केजी दाल र १० प्याकेट चाउचाउ रहेका छन् ।

गिरीका अनुसार आजै शुभकामना टोलमा ४५ जनालाई निःशुल्क खाना समेत गरिएको छ । उनीहरुलाई लकडाउन अवधिभर निःशुल्क खाना खुवाइने गिरीले बताए ।


सो क्षेत्रमा आज स्प्रे पनि गरिएको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख ३, १८:३०