काठमाडौंः ध्वाँसे चितुवाको छाला र सालकको खपेटासहित प्रहरीले कोटेश्वर भाटभटेनी अगाडिबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१३ का २१ वर्षीय रोशन राना रहेको महानगरीय
अपराध महाशाखा, टेकुका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिएका छन् ।

चितुवाको छाला र सालकको खपेटा बेच्न हिँड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ढकालले बताए ।

उनको साथबाट ध्वासे चितुवाको एक थान छाला र ४ किलोग्राम सालकको खपटा बरामद गरिएको छ ।

पक्राउ परेका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ अन्तर्गत अनुसन्धान सुरु गरिएको उनले बताए ।



प्रकाशित मितिः शुक्रबार, कार्तिक १, १०:२३