काठमाडौं: संघीय संसद्को आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुतगरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा कोटेश्वर-जडिबुटी खण्डसहित अन्य ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको आव २०७५/७६ को वार्षिक बजेटमा आगामी आर्थिक वर्षमा नौबिसे-नागढुंगा खण्डमा सुरुङमार्ग, टोखा-खहरे-गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकस्थित सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर-जडिबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट-चियाबारी खण्ड, बीपीनगर-खुटिया-दिपायल खण्ड र गणेशमानसिंह मार्गको थानकोट-चित्लाङ सडक खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माण प्रारम्भ गरिने घोषणा गरेका हुन् ।


साथै उनले जटिल किसिमका सुरुङ निर्माणका लागि उच्च प्रविधिका सुरुङ खन्ने मेसिन ल्याइने पनि बताए ।