काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणपछि घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार सन्दीप नेपाली टिमको बन्द प्रशिक्षणमा सहभागी हुन गरिएको पीसीआरमा उनको नतिजा पोजेटिभ आएको थियो ।

अस्पताल भर्ना भएका सन्दीप डाक्टरहरुको निगरानीमा रहेका छन् ।

सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा अष्ट्रेलिया जाने तयारीमा छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, ११:३९