काठमाडौंः स्पेनमा एक फुटबल प्रशिक्षकको कोरोना विश्वमा फैलिरहेको भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

स्पेनका २१ वर्षीया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाबाट मृत्यु भएको हो । गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए ।

कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कम उमेरका व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भाइरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो ।

अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । चिकित्सकले ब्लड क्यान्सर नभएको अवस्थामा उनलाई बचाउन सकिने बताए ।


युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो । स्पेनमा करिब ८ हजारमा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९७ जनाको मृत्यु भएको छ ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ०६:१९