भक्तपुर: कोरोनाको कहरका बीच आज भक्तपुरमा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइएको छ ।

केही बर्ष यता भक्तपुरका कमलविनायक पोखरीलगायत बिभिन्न स्थानमा हर्षोउल्लासका साथ छठ पर्व मनाउने गरिएको छ ।

बिशेषतः तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व हाल सूर्यको पूजा आराधना गरी भक्तपुरमा पनि मनाईरहेका छन् । सूर्य भगवानलाई अर्घ दिन भक्तपुरको कमलबिनायकमा ब्रतालुहरु पोखरीको जलाशयको किनारमा पूजाका सामग्रीहरु लिएर अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गर्न बसेका थिए ।

कोरोनाका कारण यस वर्ष केही भक्तजनहरु मात्र ब्रत बसेका थिए भने विगतका जस्तो पोखरी सजिसजाउ भने छैन् ।


छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

आज अस्ताउँदो सूर्य र भोलि सप्तमीका दिन उदाउँदो सूर्यको अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व समापन हुने छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १७:४८