काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १० लाख नाघेको छ । हालसम्ममा घर फर्किनेको संख्या १० लाख १ हजार ९३३ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ३२ लाख २० हजार ९७० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट २ लाख २८ हजार २५१ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १ लाख ४७ हजार ४११ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ३२ हजार ९२७ जना, जर्मनीमा १ लाख २० हजार ४०० जना, चीनमा ७७ हजार ६१० जना, इटालीमा ७१ हजार २५२ जना र फ्रान्समा ४८ हजार २२८ जना उपचारपछि घर फर्किएका छन् ।


चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ६१ हजार ६६९ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २७ हजार ६८२ जना स्पेनमा २४ हजार २७५, फ्रान्समा २४ हजार ८७, जर्मनीमा ६ हजार ४६७ जना र चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यसैगरी, हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख ६४ हजार ५७२ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा २ लाख ३६ हजार ८९९ जना, इटालीमा २ लाख ३ हजार ५९१ जना, फ्रान्समा १ लाख ६६ हजार ४२० जना, जर्मनीमा १ लाख ६१ हजार ५३९ जना र चीनमा ८२ हजार ८६२ जनामा संक्रमण देखिएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः बिहीबार, वैशाख १८, ११:३३