काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४४ लाख १४ हजार ९५० जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ८३ लाख ९९ हजार ४८५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ४ लाख ५१ हजार २५३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ९ लाख १८ हजार ७९६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ५ लाख ३ हजार ५०७ जना, रसियामा ३ लाख ४ हजार ३४२, भारतमा १ लाख ९४ हजार ४३८ र इटालीमा १ लाख ७९ हजार ४५५ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३४ हजार ४७१ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ९ लाख ६० हजार ३०९ जना, रसियामा ५ लाख ५३ हजार ३०१ जना, भारतमा ३ लाख ६७ हजार २६४ जना र बेलायतमा २ लाख ९९ हजार २५१ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १९ हजार ९४१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४६ हजार ६६५ जना, बेलायतमा ४२ हजार १५३ जना, इटालीमा ३४ हजार ४४८ जना र फ्रान्समा २९ हजार ५७५जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, ०७:५०