काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४७ लाख ३३ हजार २० जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ८९ लाख ८ हजार ३०२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ४ लाख ६६ हजार २६५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ९ लाख ५२ हजार ५०७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ५ लाख ४३ हजार १८६ जना, रसियामा ३ लाख ३४ हजार ५९२, भारतमा २ लाख २८ हजार १८१ र चिलीमा १ लाख ९६ हजार ६०९ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २३ लाख ३० हजार ३२४ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १० लाख ७० हजार १३९ जना, रसियामा ५ लाख ७६ हजार ९५२ जना, भारतमा ४ लाख ११ हजार ७२७ जना र बेलायतमा ३ लाख ३ हजार ११० जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २१ हजार ९७९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५० हजार ५८ जना, बेलायतमा ४२ हजार ५८९ जना, इटालीमा ३४ हजार ६१० जना र फ्रान्समा २९ हजार ६३३ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, ०६:२०