काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४ लाख ७८ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १९ लाख ९८ हजार १११ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १ लाख २६ हजार ६०४ जनाको मृत्यु भएको छ ।

हालसम्ममा चीनमा ७७ हजार ८१६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, जर्मनीमा ६८ हजार २००, स्पेनमा ६७ हजार ५०४, अमेरिकामा ३८ हजार ८२०, इटालीमा ३७ हजार १३० र फ्रान्समा २८ हजार ८०५ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ६ लाख १३ हजार ८८६ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा १ लाख ७४ हजार ०६० जना, इटालीमा १ लाख ६२ हजार ४८८ जना, जर्मनीमा १ लाख ३२ हजार २१० जना, फ्रान्समा १ लाख ४३ हजार ३०३ र चीनमा ८२ हजार २९५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा २६ हजार ०४७ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २१ हजार ०६७ जना, स्पेनमा १८ हजार २५५ जना, फ्रान्समा १५ हजार ७२९ जना, जर्मनीमा ३ हजार ४९५ जना र चीनमा ३ हजार ३४२ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः बुधबार, वैशाख ३, ०८:३२