काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ७ लाख १७ हजार ८१९ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २६ लाख ३७ हजार ९११ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १ लाख ८४ हजार २३५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा जर्मनीमा ९९ हजार ४०० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा ८५ हजार ९१५, अमेरिकामा ८४ हजार ०५०, चीनमा ७७ हजार २०७, इटालीमा ५४ हजार ५४३ र फ्रान्समा ४० हजार ६५७ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८ लाख ४८ हजार ०९२ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा २ लाख ८ हजार ४८९ जना, इटालीमा १ लाख ८७ हजार ३२७ जना, फ्रान्समा १ लाख ५९ हजार ८७७, जर्मनीमा १ लाख ५० हजार ६४८ जना, र चीनमा ८२ हजार ७९८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ४७ हजार ६८१ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २५ हजार ०८५ जना, स्पेनमा २१ हजार ७१७ जना, फ्रान्समा २० हजार ३४० जना, जर्मनीमा ५ हजार ३१५ जना र चीनमा ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः बिहीबार, वैशाख ११, ०९:४६