काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

विश्वभर हालसम्म कुल १ लाख २ हजार ६४२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १६ लाख ९६ हजार ८६० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ लाख ७६ हजार १०५ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिका १८ हजार ६८६ जना, स्पेनमा १६ हजार ०८१ जना, फ्रान्समा १३ हजार १९७ जना, चीनमा ३ हजार ३३६ जना र जर्मनीमा २ हजार ७६७ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ ।
अहिलेसम्म स्पेनमा १ लाख ५८ हजार २७३ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ । यसैगरी, जर्मनीमा १ लाख २२ हजार १७१, फ्रान्समा १ लाख २४ हजार ८६९ र चीनमा ८१ हजार ९०७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनमा ७७ हजार ४५५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, जर्मनीमा ५३ हजार ९१३ जना, स्पेनमा ५५ हजार ६६८ जना, इटालीमा ३० हजार ४५५ जना, अमेरिकामा २७ हजार २३९ जना र फ्रान्समा २४ हजार ९३२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः शनिबार, चैत २९, ०६:२५