काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ ।

विश्वभर हालसम्म कुल १ लाख ३४ हजार ६१५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २० लाख ८३ हजार ३०४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ५ लाख १० हजार ३३६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २१ हजार ६४५ जना स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८, जर्मनीमा ३ हजार ८०४ र चीनमा ३ हजार ३४२ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ०८९ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा १ लाख ८० हजार ६५९ जना, इटालीमा १ लाख ६५ हजार १५५ जना, फ्रान्समा १ लाख ४७ हजार ८६३ जना, जर्मनीमा १ लाख ३४ हजार ७५३ जना, बेलायतमा ९८ हजार ४७६ जना र चीनमा ८२ हजार ३४१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनमा ७७ हजार ८९२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, जर्मनीमा ७२ हजार ६०० जना, स्पेनमा ७० हजार ८५३ जना, इटालीमा ३८ हजार ०९२ जना, अमेरिकामा ४८ हजार ७०१ जना र फ्रान्समा ३० हजार ९५५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः बिहीबार, वैशाख ४, ०८:२०