काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

विश्वभर हालसम्म कुल १ लाख ६० हजार ७६३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २३ लाख ३१ हजार ८९२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ५ लाख ९७ हजार १९४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ३९ हजार ०१५ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २३ हजार २२७ जना स्पेनमा २० हजार ६३३, फ्रान्समा १९ हजार ३२३, बेलायतमा १५ हजार ४६४, चीनमा ४ हजार ६३२ जना र जर्मनीमा ४ हजार ५३८ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ९१३ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा १ लाख ९४ हजार ४१६ जना, इटालीमा १ लाख ७५ हजार ९२५ जना, फ्रान्समा १ लाख ५१ हजार ७९३ जना, जर्मनीमा १ लाख ४३ हजार ७२४ जना, बेलायतमा १ लाख १४ हजार २१७ जना र चीनमा ८२ हजार ७३५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, हालसम्ममा जर्मनीमा ८५ हजार ४०० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, चीनमा ७७ हजार ०६२, स्पेनमा ७४ हजार ७९७, अमेरिकामा ६८ हजार २८५, इटालीमा ४४ हजार ९२७ र फ्रान्समा ३५ हजार ९८३ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः आइतबार, वैशाख ७, ०९:३२