काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६५४ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २७ लाख १८ हजार ६९९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ७ लाख ४५ हजार ६२० जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २५ हजार ५४९ जना स्पेनमा २२ हजार १५७, फ्रान्समा २१ हजार ८५६, जर्मनीमा ५ हजार ५७५ जना र चीनमा ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८ लाख ८० हजार २०४ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा २ लाख १३ हजार ०२४ जना, इटालीमा १ लाख ८९ हजार ९७३ जना, फ्रान्समा १ लाख ५८ हजार १८३ जना, जर्मनीमा १ लाख ५३ हजार १८३ जना र चीनमा ८२ हजार ८०४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, हालसम्ममा जर्मनीमा १ लाख ३ हजार ३०० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा ८९ हजार २५०, अमेरिकामा ८५ हजार ९२२, चीनमा ७७ हजार २५७, इटालीमा ५७ हजार ५७६ र फ्रान्समा ४२ हजार ०८८ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः शुक्रबार, वैशाख १२, ०८:२५