काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ८१ लाख १२ हजार ५६५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४२ लाख १ हजार ९७६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १८ हजार २८३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४४ हजार ११८ जना, बेलायतमा ४१ हजार ७३६ जना, इटालीमा ३४ हजार ३७१ जना र फ्रान्समा २९ हजार ४३६ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ९५० जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ८ लाख ९१ हजार ५५६ जना, रसियामा ५ लाख ३७ हजार २१० जना, भारतमा ३ लाख ४३ हजार २६ जना र बेलायतमा २ लाख ९६ हजार ८५७ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख ८९ हजार ८६६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ४ लाख ५३ हजार ५६८ जना, रसियामा २ लाख ८४ हजार ५३९, भारतमा १ लाख ८० हजार ३२० र इटालीमा १ लाख ७७ हजार १० जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, ०६:४६